गृहपृष्ठ Featured कृषकहरुलाई पशुपालनतर्फ आर्कषण गर्न बाणगंगा- ११ द्धारा घाँसको विउ वितरण

कृषकहरुलाई पशुपालनतर्फ आर्कषण गर्न बाणगंगा- ११ द्धारा घाँसको विउ वितरण

प्रकाशित मिति:

कपिलवस्तु : युग र जनताको माग अनुसार जनतालाई स्थानीय सरकारको महशुस गराउन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ ले वडा भित्रका पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण गरेको छ । पशुपालक कृषकहरुलाई पशुपालन तर्फ आर्कषण गरि व्यवसायीकरणमा जोड दिने उद्देश्यले उक्त घाँसको विउ वितरण गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए ।

चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार पशुपालक कृषकहरुको माग र आवश्यकता अनुसार उन्नत जातको घाँसको विउ वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

नगरपालिकारघरेलु वा आन्तरिक राजस्व कार्यलय लगायत सम्बन्धित निकायमा दर्ता भएका ७५ पशुपालक कृषकहरुलाई २ किलो बर्सीम र ३ किलो जै घाँसको विउ वितरण गरिएको हो भने भोलिबाट वडामा रहेका सबै पशुपालक कृषकहरुलाई वितरण गरिने वडाध्यक्ष अर्यालले बताए ।

वडाध्यक्ष अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले वडावासीको पेशा व्यवसायलाई पनि उकास्न वडाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिंदै त्यसका लागि वडाले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडाले पशुपालक कृषकहरुका लागि गरेको सराहनीय कामको कृषकहरुले खुलेरै प्रशंसा गर्दै स्थानीय सरकारको महशुस भएको बताए ।

वडाध्यक्ष अर्यालको अध्यक्षता, नगरपालिकाका पशु शाखा प्रमुख राज कुमार तिवारीको विशिष्ट आतिथ्यता, वडा सदस्यहरुको आतिथ्यता तथा वडा सचिव राम प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार