प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बस्न लागेको छ। आज प्रधानन्यायधीश जबराले बोलाएको फुलकोर्ट (पूर्ण बैठक) बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरु थप निर्णयका लागि बैठक बस्न लागेको एक न्यायाधीशले नयाँ पत्रिकालाई जानकारी दिए।
प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एसोसियसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि उनीहरु असन्तुष्ट बनेका हुन्। सर्वोच्च स्रोतका अनुसार न्यायाधीशहरुको बैठक बस्ने तयारी भइरहेको छ।








