गृहपृष्ठ Featured विश्वकप क्रिकेटमा आज एक खेल हुँदै

विश्वकप क्रिकेटमा आज एक खेल हुँदै

प्रकाशित मिति:

एजेन्सी : विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । विश्वकपको सुपर १२ अन्तर्गत आज अफगानिस्तानले स्कटल्याण्डको सामना गर्नेछ । सारजाहमा हुने अफगानिस्तान र स्कटल्याण्डबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ ।

सुपर १२ को समूह २ मा रहेको अफगानिस्तान स्कटल्याण्डलाई हराउदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्याण्ड पनि अफगानिस्तानलाई हराएर सुपर १२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ । स्कटल्याण्डले पहिलो पटक विश्वकपको सुपर १२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहदै स्कटल्याण्डले सुपर १२ मा स्थान बनाएको हो ।

यसअघि, हिजो भएको खेलमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । युएईको दुबइमा भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हरायो । ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो अवसर हो । पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

उसका लागि विराट कोहलीले सर्वाधिक ५७ रन जोड्दा पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेटले लिए । जवाफमा १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा विनाकुनै विकेटको नोक्सानीमा पुरा ग¥यो । पाकिस्तानको लागि मोहोमद रिजवानले अविजित ७८ रन तथा कप्तान बाबर आजमले ६८ रनको योगदान दिए ।

सम्बन्धित् समाचार