गृहपृष्ठ Featured न्यायाधीशले बहिष्कार गर्ने भएपछि फुलकोर्ट बैठक अनिश्चित

न्यायाधीशले बहिष्कार गर्ने भएपछि फुलकोर्ट बैठक अनिश्चित

प्रकाशित मिति:

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको (फुलकोर्ट) बैठक अनिश्चित बनेको छ। सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बैठक बस्नेमै अन्यौलता देखिएको हो।

यसबारे थप निर्णय लिन न्यायाधीशहरु इजलास बस्ने समयमा छलफलमा जुटेका छन्। नेपाल बार एसोसियसनका प्रतिनिधि र प्रधानन्यायाधीशबीच आइतबार भएको भेटपछि प्रधानन्यायाधीश राणाले आजका लागि फुलकोर्ट बैठक बोलाएका थिए। बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी हुन प्रधानन्यायाधीशले आमन्त्रण गरेक थिए।

प्रधानन्यायधीश जबराले फुलकोर्टमार्फत पछिल्लो समय देखिएका समस्या समाधानबारे आवश्यक निर्णय गरिने बारका पदाधिकारीसँग प्रतिवद्धता जनाएका थिए। तर, न्यायाधीशहरुले प्रधानन्यायाधीशले एजेण्डामा छलफलै नगरी बैठक आह्वान गरेको भन्दै बैठक बहिष्कारको घोषणा गरेका छन्।

सम्बन्धित् समाचार