नेकपा (एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य भिष्मराज भूसालले एमाले बाणगंगाको नगर अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । भूसालले नेकपा एमालेको देशभर हुन लागेको पालिका अधिवेशनका क्रममा हुने नगर अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । बाणगंगा नगरपालिका वडा नं.५ का वडाध्यक्ष समेत रहनुभएका भूसालले आफुले सानै उमेरदेखि नै राजनितिक यात्रा सुरु गरेको भन्दै आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउनुभयो ।
२०५९ सालदेखी एमाले कोपवाको प्रमुख भएर काम सुरु गर्नुभएका भूसाल वडा, नगर हुदैं जिल्लाका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । २०४६ का अन्दोलनमा समेत आफुले भूमिका निर्वाह गर्दै संघर्ष गरेकाले आफु पहिले नै नेतृत्वदायी भूमिकामा आउन चाहेको उहाँले बताउनुभयो । पार्टीलाई नयाँ ढङगले अगाडि बढाउने तथा संगठनलाई बजबुत बनाउन पनि आफनो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
युवाहरुमा पार्टीप्रतिको वितिष्णालाई चिर्दै गुटबन्दीको अन्त्यसंगै देशमा समृद्धि यात्रा तय गर्न आफ्नो भूमिका रहने उहाँले बताउनुभयो । नेकपा एमालेले भोलि (मंगलबार) देशभर पालिका अधिवेशन सम्पन्न गर्दै छ । आगामी दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत यहि कार्तिक ६ गते एमालेले देशभर वडा अधिवेशन सम्पन्न गरेको थियो ।
मंगलबार देशभर पालिका अधिवेशन हुँदैछ । एमालेको दशौं महाधिवेशन अन्तर्गत हुने पालिका अधिवेशनका लागि कपिलवस्तुका नगर तथा गाउँपालिकाहरुको नेतृत्व लिने आकांक्षीले उम्मेदवारी घोषणा गर्न लागेका छन् ।