गृहपृष्ठ Featured एमाले बाणगंगाको नगर अध्यक्षमा भूसालले गरे उम्मेदवारीको घोषणा

एमाले बाणगंगाको नगर अध्यक्षमा भूसालले गरे उम्मेदवारीको घोषणा

नेकपा (एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य भिष्मराज भूसालले एमाले बाणगंगाको नगर अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । भूसालले नेकपा एमालेको देशभर हुन लागेको पालिका अधिवेशनका क्रममा हुने नगर अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । बाणगंगा नगरपालिका वडा नं.५ का वडाध्यक्ष समेत रहनुभएका भूसालले आफुले सानै उमेरदेखि नै राजनितिक यात्रा सुरु गरेको भन्दै आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउनुभयो ।

२०५९ सालदेखी एमाले कोपवाको प्रमुख भएर काम सुरु गर्नुभएका भूसाल वडा, नगर हुदैं जिल्लाका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । २०४६ का अन्दोलनमा समेत आफुले भूमिका निर्वाह गर्दै संघर्ष गरेकाले आफु पहिले नै नेतृत्वदायी भूमिकामा आउन चाहेको उहाँले बताउनुभयो । पार्टीलाई नयाँ ढङगले अगाडि बढाउने तथा संगठनलाई बजबुत बनाउन पनि आफनो उम्मेदवारी रहेको उहाँको भनाई छ ।

युवाहरुमा पार्टीप्रतिको वितिष्णालाई चिर्दै गुटबन्दीको अन्त्यसंगै देशमा समृद्धि यात्रा तय गर्न आफ्नो भूमिका रहने उहाँले बताउनुभयो । नेकपा एमालेले भोलि (मंगलबार) देशभर पालिका अधिवेशन सम्पन्न गर्दै छ । आगामी दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत यहि कार्तिक ६ गते एमालेले देशभर वडा अधिवेशन सम्पन्न गरेको थियो ।

मंगलबार देशभर पालिका अधिवेशन हुँदैछ । एमालेको दशौं महाधिवेशन अन्तर्गत हुने पालिका अधिवेशनका लागि कपिलवस्तुका नगर तथा गाउँपालिकाहरुको नेतृत्व लिने आकांक्षीले उम्मेदवारी घोषणा गर्न लागेका छन् ।

सम्बन्धित् समाचार