काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशको विभिन्न प्रयोगशालामा भएको १० हजार ८ सय ६४ नमूना परीक्षणका क्रममा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अविधमा देशभर १३ जनाको कोरोनाका कारण ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाका कारण ११ हजार ३६१ जनाको मृत्यु भएको छ।
यस्तै १० हजार ३६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन्।