गृहपृष्ठ Featured शितगंगा- ११ मा झाडापखालाको प्रकोप : ५३ जना बिरामी फेला

शितगंगा- ११ मा झाडापखालाको प्रकोप : ५३ जना बिरामी फेला

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् । खयरवट्टीका स्थानीयहरुमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि शितगंगा नगरपालिकाको स्वास्थ टोली समेत प्रभावित क्षेत्रमा पुगेको थियो । हालसम्म ५३ जना बिरामी फेला परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शितगंगा नगरपालकाको स्वास्थ शाखा सहसंयोजक दामोदर ढकालले जानकारी दिए ।

प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरी लगायतको स्वास्थकर्मी टोली प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका हुन् । दुषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ । समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधिको प्रयोग गर्न चौधरीले सुझाव दिए ।

केही दिनदेखि झाडापखालाको संकेत देखिएपछि गाउँमा बिरामी बढ्दै गएको वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले बताए ।

सम्बन्धित् समाचार