गृहपृष्ठ Featured एमाले बाणगंगा नगर अध्यक्षमा मेरो दाबेदारी छ- पोखरेल

एमाले बाणगंगा नगर अध्यक्षमा मेरो दाबेदारी छ- पोखरेल

वैखरी अनलाईन : एमाले बाणगंगाको नगर अध्यक्षका लागि ४ जना आकांक्षी देखिएका छन् । विद्यार्थी आन्दोलन देखिनै राजनितीमा संक्रिय रहदै आएका र विभिन्न जिम्मेवारी निर्वाह गरेकाले बाणगंगाको नेतृत्व आफुहरुले लिने उनीहरुको दाबी छ । हाल एमाले बाणगंगा नगर कमिटीमा अध्यक्षको जिम्मेवारीमा रहनुभएका युवराज पोखरेलले आफु पनि नगर अध्यक्ष पदको दाबेदार रहको बताउनुभएको छ । पार्टीलाई अझ मजबुत बनाउन आफ्नो दाबेदारी रहेको उहाँले बताउनुभयो । पोखरेलले अहिले नगरमा पार्टी नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ ।

वडा अधिवेशनमा पनि सर्वसहम्मत नेतृत्व चयन भएको भन्दै नगरमा पनि पार्टीको नेतृत्व सर्वसहम्मत चयन हुने अध्यक्ष पोखरेलले विश्वास व्यक्त गर्नुभएको छ । पार्टीमा संक्रमणकालिन अवस्थामा पनि आफुले नेतृत्वदायी भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि पार्टी संगठनलाई बलियो बनाउन आफुले दाबेदारी प्रस्तुत गर्ने पोखरेलले बताउनुभयो । पार्टीको नगरमा नेतृत्व गर्ने चाहाना राख्नु सबैको स्वभाविक रहेको उहाँको भनाई छ ।

उहाँले आफुलाई नेतृत्व गर्न सबैको साथ रहनेमा आफु विश्वस्त रहेको बताउनुभएको छ । यस्तै (एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य विष्णु पौडेलले एमाले बाणगंगाको नगर अध्यक्षमा उम्मेदारी घोषणा गर्नुभएको छ । पौडेलले नेकपा एमालेको देशभर हुन लागेको पालिका अधिवेशनका क्रममा हुने नगर अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले पार्टीलाई एकीकृत गर्दै नगरमा एमालको सङ्गठन मजबुद बनाउन अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिनुभयो ।

(एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य भिष्मराज भूसालले पनि नगर अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बाणगंगा नगरपालिका वडा नं.५ का वडाध्यक्ष समेत रहनुभएका भूसालले आफुले सानै उमेरदेखि नै राजनितिक यात्रा सुरु गरेको भन्दै आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउनुभयो ।

यस्तै वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले मंगलबारको अधिवेशनमा नगर अध्यक्षको दाबेदार आफु पनि रहेको बताउनुभएको छ ।

सम्बन्धित् समाचार