गृहपृष्ठ Featured कपिलवस्तुमा १ लाख २९ हजार मुल्य बराबरको अबैध सामान बरामद

कपिलवस्तुमा १ लाख २९ हजार मुल्य बराबरको अबैध सामान बरामद

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुमा प्रहरीले १ लाख २९ हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरी चौकि बिरपुर कपिलबस्तुबाट खटिएको टोलिले सो मूल्य बराबरको सामान बरामद गरेको हो । भारतबाट चोरी निकासी पैठारी गरी भन्सार छलि ल्याईएका थान कपडा, महिला सुट, मोजाहरु गरि जम्मा १ लाख २९ हजार मूल्य बराबरको सामानहरु बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नं.६ गडगौडास्थित कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तर्गत सडकको किनारमा बोराको झोलामा रहेको अवस्थामा सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बरामद सामान आबश्यक कारबाहीको लागी भन्सार कार्यालय कृष्णनगर कपिलबस्तुमा पठाएको छ ।

 

सम्बन्धित् समाचार