गृहपृष्ठ Featured कपिलवस्तुमा एमालेको गाउँ, नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा

कपिलवस्तुमा एमालेको गाउँ, नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा

कपिलवस्तु : प्रथम राष्ट्रिय विधान महाधिवेशन सम्पन्न गरी आक्रामक रुपमा वडा, गाउँ, नगर अधिवेशनमा केन्द्रित रहेको एमालेले कात्तिक ९ गते सम्पन्न हुने गाउँ, नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कपिलवस्तु जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाका निम्ति २ हजार ६ सय ८४ जना प्रतिनिधी चयन गरेको एमाले जिल्ला संगठन विभागले जनाएको छ ।

जिल्लाका ९६ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तुले नगर, गाउँपालिकाको नेतृत्व पनि सर्वसम्मत चयन हुनेमा आफु विश्वस्त रहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । गाउँ, नगर अधिवेशनमा वाणगंगा नगरपालिकाबाट ४ सय २५ जना, शिवराज नगरपालिकाबाट १ सय ५५ जना, महाराजगञ्ज नगरपालिकाबाट २ सय ५१ जना, कृष्णनगर नगरपालिकाबाट २ सय ४८ जना, बुद्धभूमि नगरपालिकाबाट ४ सय ५० जना, कपिलवस्तु नगरपालिकाबाट ३ सय ५४ जना, शुद्धोधन गाउँपालिकाबाट २ सय २३ जना, विजयनगर गाउँपालिकाबाट ३ सय १७ जना, मायादेवी गाउँपालिकाबाट १ सय ५७ जना र यशोधरा गाउँपालिकाबाट १ सय ४ जना प्रतिनिधीले भाग लिने एमाले जिल्ला प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

गाउँ नगर अधिवेशन सम्पन्न गर्नका निम्ति जिल्लामा पार्टीले जिम्मेवारी समेत प्रदान गरेको छ । गाउँ, नगर अधिवेशन सम्पन्न गर्नकाका लागी अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनु भएको छ । जस अन्तरर्गत वाणगंगा नगरपालिकाको संयोजकमा डम्मर शर्मा, शिवराज नगरपालिकाको संयोजकमा नेत्रराज अधिकारी, महाराजगञ्ज नगरपालिकाको संयोजकमा टेकराज पौडेल, कृष्णनगर नगरपालिकाको संयोजकमा शुशिल कुमार श्रीवास्तव, बुद्धभूमि नगरपालिकाको संयोजकमा खुमप्रसाद आचार्य, कपिलवस्तु नगरपालिकाको संयोजकमा आजाद महमददर्जी, शुद्धोधन गाउँपालिकाको संयोजकमा विष्णु भण्डारी, विजयनगर गाउँपालिकाको संयोजकमा मुस्ताफा मुसलवान, मायादेवी गाउँपालिकाको संयोजकमा द्रोणराज सुवेदी र यशोधरा गाउँपालिकाको संयोजकमा शान्तिदेवी चमारलाई तोकिएको एमाले कपिलवस्तुले जनाएको छ । यता एमाले वाणगंगाको नगर अध्यक्षका लागि ४ जना आकांक्षी देखिएका छन् ।

विद्यार्थी आन्दोलन देखिनै राजनितीमा सक्रिय रहदै आएका र विभिन्न जिम्मेवारी निर्वाह गरेकाले वाणगंगाको नेतृत्व आफुहरुले लिने उनीहरुको दाबी छ । जसमा नेकपा (एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य विष्णु पौडेलले एमाले बाणगंगाको नगर अध्यक्षमा उम्मेदारी घोषणा गर्नुभएको छ । पौडेलले नेकपा एमालेको देशभर हुन लागेको पालिका अधिवेशनका क्रममा हुने नगर अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले पार्टीलाई एकीकृत गर्दै नगरमा एमालको सङ्गठन मजबुद बनाउन अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिनुभयो ।

(एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य भिष्मराज भूसालले पनि नगर अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बाणगंगा नगरपालिका वडा नं.५ का वडाध्यक्ष समेत रहनुभएका भूसालले आफुले सानै उमेरदेखि नै राजनितिक यात्रा सुरु गरेको भन्दै आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउनुभयो । यस्तै वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले मंगलबारको अधिवेशनमा नगर अध्यक्षको दाबेदार आफु पनि रहेको बताउनुभएको छ ।

यता हाल वाणगंगा नगर कमिटीमा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका युवराज पोखरेल पनि नगर अध्यक्ष पदको दाबेदार रहनु भएको जनाउनुभएको छ । अध्यक्ष पोख्रेलले अझै एक कार्यकाल आफुले नेतृत्व गर्ने भएकाले आफ्नो नेतृत्वमा सर्वसम्मत नगर कमिटी गठन हुने विश्वास व्यक्त गर्नुभयो ।

 

सम्बन्धित् समाचार