गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघको दोस्रो सचिवालय बैठक सम्पन्न : यस्ता छन् महत्वपूर्ण निर्णय

कपिलवस्तु उद्योग बाणिज्य संघको दोस्रो सचिवालय बैठक सम्पन्न : यस्ता छन् महत्वपूर्ण निर्णय

वैखरी अनलाईन : कपिलवस्तु उद्योग बाािणज्य संघको दोस्रो सचिवालय बैठक सम्पन्न भएको छ । बाणगंगाको जीतपुरमा अवस्थित आफ्नै हलमा भएकोे बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले देशको अर्थतन्त्रलाई चलायमान गराउन कपिलवस्तुमा महोत्सव आयोजना गर्न जिल्ला प्रशासन कार्यालय, संघको प्रदेश कार्यालय र महासंघमा पहल तथा समन्वयका लागी छलफल गर्ने निर्णय गरेको छ ।

यसैबीच बैठकले आन्तरिक राजश्व कार्यालय कृष्णनगर र घरेलु कार्यालय तौलिहवाको सहकार्यमा कार्तिक १२ गते नयाँ कर प्रणाली, निति नियम, व्यवसायका क्षेत्रमा सरकारले गरेको छुट लगायतका विषयमा अन्तक्रिया गर्ने निर्णय भएको संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिनुभयो । अविरल बर्षाले गरेको क्षतिलाई मध्यनजर गरि किसानलाई क्षतिपूर्ति दिन पहल गर्ने समेत संघले निर्णय गरेको छ ।

यस्तै नगरको फोहोर व्यवस्थापनका लागी सहकार्य गरि व्यवस्थापनका लागी नेतृत्वदायी भूमिका खेल्ने निर्णय भएको संघका महासचिव मनोज पौडेलले बताउनुभयो । साथै संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, संघका बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर, विशिष्ट सदस्य विष्णु प्रसाद न्यौपानेले आआफ्नो धारणा राख्नुभएको थियो ।

सम्बन्धित् समाचार