सागर वि.क.(वैखरी अनलाईन) : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवशेनका बीच कपिलवस्तु कांग्रेका जिल्ला सभापतिका उम्मेदवार राजेश आचार्यले सम्पर्क कार्यालय स्थापना गरेका छन् । आचार्यले सोमबार कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवामा आज एक कार्यक्रमका बीच विपी कोईरालाको तस्वीरमा माल्याअर्पण गर्दै सम्पर्क कार्यलयको उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै उनले कपिलवस्तुमा कांग्रेसलाई मजबुद बनाउन आफ्नो उम्मेदार रहेको बताए । कपिलवस्तुलाई कांग्रेसमय बनाउने तथा संगठनलाई अझ सुदृढीकरण गर्दै लैजाने उनले दाबी गरे । आचार्यले कांग्रेसको संरचना वडादेखि नै व्यवस्थित बनाउने पनि बताए ।
उनले विगत ४ दशक बढी देखि कांग्रेसका विभिन्न पदमा रही कार्य सम्पादन गरेका छन् ।








