बिमल प्रसाद पोख्रेल(प्युठान) : नेकपा एमालेको प्रथम गाउपालिका तथा नगरपालिकाको अधिबेसनमा प्यूठान जिल्लाका नौ स्थानिय तहमै अहिले अधिबेसन उदघाटन सत्र चलिरहेको छ उद्घाटन सत्रको कार्यक्रममा नेकपा एमाले स्थाई कमिटि सदस्य मणिचन्द थापा र पुर्ब प्रधानमन्त्री केपि सर्मा ओलिका प्रेस सल्लाहकार सुर्यथापा जिल्लाका पालिकाहरुमा उदघाटन सत्रको कार्यक्रममा संबोधन गर्न दौडधुप गरिरहेका छन।
अध्यक्षमा चर्चा चलिरहेको छ संभाबित नेतृत्वहरु-
गौमुखी गाउपालिका : जुमानसिहं जिसि र ज्ञानुमाया केसीको चर्चा चले पनि जुमानसिहं जिसिले नेतृत्व गर्ने सम्भाबना देखिएको छ ।
झिमरुक गाउपालिका : पदम बहादुर खडका र इन्द्रमणी पोख्रेल को प्रतिसप्रर्धा रहेने देखिएको छ ।
नौबहिनी गाउपालिका : दिलाराम थापा सर्बसहमतिमा गाउपालिका अध्यक्ष हुने संभावना देखिएको छ ।
प्यूठान नगरपालिका मा लक्ष्मिप्रकास राज भण्डारी ,टंक बहादुर खडका र आकाश भण्डारी बीच कुनै एक गाउपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भाबना देखिएको छ ।
मल्लरानी गाउपालिका : सुनिल शाही लेकाली गाउपालिका अध्यक्ष को नेतृत्व मा आउन सक्ने सम्भाबना देखिएको छ ।
स्वर्गद्धारी नगरपालिकाः राम प्रसाद श्रेष्ठ नगर अध्यक्षमा सर्बसहमतिमै निर्बाचित हुने एमाले स्रोत ले जनाएको छ ।
माण्डबी गाउपालिका : याम बहादुर घिमिरे गाउपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भाबना देखिएको छ ।
सरुमारानि गाउपालिकामा चिन्ता बहादुर सोमै र टंक जिसि बीच कुनै एक गाउपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भाबना देखिएको छ । ऐरावति गाउपालिकामा श्याम थापा र सुरेशचन्द थापा बीच कुनै एक गाउपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भाबना देखिएको छ ।








