कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँ कमिटीनेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । मंगलवार पालिकाको सभाहल खडैचामा भएको अधिवेशनमा थर्का बहादुर खन्गाहाको नेतृत्वमा गाउँकमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा राम औतार यादव, सचिव गोकर्ण प्रसाद सापकोटा, उपसचिवमा सुनिता कुमारी थारु र अल्ताफ हुसेन खा सहित ५१ सदस्यीय रहने गरि गाउँ कमिटी गठन गरिएको नेकपा एमाले विजयनगर गाउँकमिटीले जनाएको छ ।








