गृहपृष्ठ Featured कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गयो

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गयो

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।

आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार