काठमाडौं : नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए ।








