गृहपृष्ठ Featured अपहरणमा परेका कपिलवस्तुका ५ बर्षिय बालकको नेपाल–भारत सीमाबाट उद्धार

अपहरणमा परेका कपिलवस्तुका ५ बर्षिय बालकको नेपाल–भारत सीमाबाट उद्धार

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा अपहरणमा परेका बालक भेटिएका छन् । अपहरणमा परेको साढे १४ घण्टापछि उनलाई प्रहरीले फेला पारेको हो । कपिलवस्तुको शुद्धोधन गाउँपालका वडा नं ३ गुलरीबाट मंगलबार दिउँसो १ बजे ५ वर्षे बालकको अपहरण भएको थियो ।

अब्बु कलाम डफालीका छोरा अमिरको अपहरण भएको थियो । बुधबार बिहान ३ः३० बजे नेपाल–भारत सीमा चाकरचौडाबाट उनलाई उद्धार गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

घरमा कोही नभएको अवस्थामा घरमा आएर अपरिचित व्यक्तिले फकाएर बालकलाई पैसा दिएर पसलबाट पान लिएर आउ भनेर पठाएको र उक्त बच्चा पान लिन जाँदा बाटोबाट समातेर मोटरसाइकलमा राखेर बालकलाई अपहरण गरेका थिए ।

सम्बन्धित् समाचार