गृहपृष्ठ Featured लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष सुटुक्क रिहा

लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष सुटुक्क रिहा

काठमाडौं : लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई प्रहरीले एकदिन नबित्दै सुटुक्क छाडेको छ । सिराहाको सीमा क्षेत्र माडरबाट पक्राउ परेका सिराहा नगरपालिका वडा नंं। १८ का वडाध्यक्ष राम सोगारथ यादवलाई प्रहरीले छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख हिरालाल पाण्डेले उनलाई छाडिएको पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइन । तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ ।
मंगलबार प्रहरी सञ्चारले जिल्ला र संघीय कार्यालयमा प्रेषित गरेको विवरणमा चाहिँ वडाध्यक्ष यादवको मोटरसाइकललाई माडरको सीमा क्षेत्रबाटै प्रहरीले पछ्याएको उल्लेख छ ।

सम्बन्धित् समाचार