सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगामा करिब ४ विगाहा क्षेत्रफलमा सयपत्री फुलको खेती गरिएको छ । जहाँ अहिले तिहार नजिकिएसंगै माग पनि बढ्दो छ । नेपालमा बर्षौदेखि नै तिहारमा लाखौं मूल्य बराबरको सयपत्रीको फुल भित्रिने गर्छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ लख्खनपारामा लुम्बिनी बहुउद्देश्यीय एग्रीकल्चर प्रा.लि.ले करिब ४ विगाहा क्षेत्रफलमा सयपत्री फुलको खेती गरेको हो ।
७ हजार ५ सय सयपत्रीका विरुवा रोपिएको जहाँ एक विरुवामा करिब आधा किलो फुल उत्पादन हुने उक्त पा.लि. संचालन गर्ने मध्येका एक पिताम्बर पोख्रेल बताउनुहुन्छ ।

साउन महिनाको अन्त्यमा लगाईएको सयपत्रीका विरुवा अहिले डक्मक्क फुलेको दृश्य देख्न सकिन्छ । अहिले सम्म करिब १२÷१५ हजारको फुल बेचेको र अब तिहार नजिएसंगै माग पनि बढेकाले थप फुलहरु किन्नेको माग पनि बढ्दो रहेको संचालक पोख्रेलको भनाई छ । संचालक पोख्रेलले करिब १२÷१५ लाखको फुल बेच्ने लक्ष्य रहेको समेत बताउनुभयो । परिक्षणका रुपमा अहिले सयपत्री फुलको खेती गरिएको र आगामी दिनमा थप योजना सहित खेती थप बढाईने बताईएको छ । एक केजी फुलको मूल्यको करिब चार सय रुपैयाँ निधारण गरिएको छ ।

यस्तै ७ जना संचालकहरुको करिब १ करोड लगानी रहेको उक्त एग्रीकल्चर प्रा.लि.मा मेवा खेती गरिएको छ । जुन नेपालमै क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो मेवाको खेती हो । नेपालमा स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने बताईएको छ ।
फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ ।








