गृहपृष्ठ Featured मुगुमा हिमपहिरोमा परी एकको मृत्यु

मुगुमा हिमपहिरोमा परी एकको मृत्यु

प्रकाशित मिति:

सुर्खेत : मुगुमा एक जनाको हिमपहिरोमा परी मृत्यु भएको छ। कात्तिक पहिलो साता बेमौसमी वर्षा भएको समयमा मुगमकार्मारोङ गाउँपालिकामा पर्ने लेकमा आएको हिमपहिरोमा परी कार्मारोङ गाउँपालिका–४ कार्ती गाउँका ३३ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो।

कात्तिक २ गतेदेखि हिमपहिरोमा परी बेपत्ता भएका लामाको खोजी गर्ने क्रममा बिहीबार शव फेला परेको हो।

त्योबेला चौंरी खोज्न उनीसहित गाउँका ७ जना लेक गएका थिए।

उनका अनुसार सोही टोलीका एक जनालाई भने आधा पुरिएको अवस्थामा साथीहरूले निकालेका थिए। लेकबाट फर्किएकाले प्रहरीलाई खबर गरेपछि उनको खोजी गरिएको डिएसपी भट्टराईले बताए।

हाई अल्टिच्युड भएको लेकमा सुरक्षाकर्मी जान नसकेपछि हेलिकप्टरबाट खोजी गरिएको हो। सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरमा मुगुबाट नेपाली सेना र प्रहरी खोजीमा गएको थियो।

सम्बन्धित् समाचार