गृहपृष्ठ Featured संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

प्रकाशित मिति:

काठमाडौँ : सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठले संघीय संसद्को अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्न लागेको हो ।

एक मन्त्रीका अनुसार प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गर्न लागिएको हो ।

संसद्को चालू अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अधिवेशन अवधिभर अवरोध गरेको थियो ।

एमालेको अवरोधका बीच संघीय संसद्को चालू अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलवा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन । एमालेले अध्यादेश ल्याएर पार्टी विभाजनको आरोप लगाउँदै संसद्मा अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले अर्को बैठक कात्तिक २९ गतेका लागि तय गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक भने अनिश्चित थियो ।

सम्बन्धित् समाचार