गृहपृष्ठ Featured धानबाली क्षति भएका किसानलाई सरकारले क्षतिको ६५ प्रतिशतसम्म राहत रकम दिने

धानबाली क्षति भएका किसानलाई सरकारले क्षतिको ६५ प्रतिशतसम्म राहत रकम दिने

काठमाडौं : सरकारले बेमौसमी वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० कट्ठासम्म जग्गा भएकालाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिगासम्म जग्गा भएकालाई क्षतिको ३० प्रतिशत र ३ बिगाभन्दा बढी जग्गा भएकाहरु तथा आंशिक क्षति भएकाहरूलाई क्षतिको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार