गृहपृष्ठ Featured एमाले केन्द्रीय कमिटी बैठक जारी

एमाले केन्द्रीय कमिटी बैठक जारी

दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न एमालेकोे केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकको निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार पाँच सय ३६ प्रतिनिधि छान्ने तय गरेको थियो। आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट दुई सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् ।

यस्तै भूगोलबाट एक हजार एक सय ९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टीनिकट प्रत्येक जनसंगठनबाट पाँचजना प्रतिनिधि चयन हुनेछन्।

सम्बन्धित् समाचार