गृहपृष्ठ Featured नागढुङ्गा सुरुङमार्गमा मजदुरको मृत्यु

नागढुङ्गा सुरुङमार्गमा मजदुरको मृत्यु

काठमाडौं : सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ।

मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोटका २८ वर्षीय ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए।

सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो।

घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर ल्याउँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ।

सम्बन्धित् समाचार