गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको होटेल अनुगमन : मनपरि भेटिएपछि अधिकाशंलाई दियो चेतावनी पत्र

बाणगंगा नगरपालिकाको होटेल अनुगमन : मनपरि भेटिएपछि अधिकाशंलाई दियो चेतावनी पत्र

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरले नगरभित्र रहेका विशेष गरेर होटल रेष्टुरेन्ट तथा नास्ता पसलहरुको शुक्रबार आज छड्ने अनुगमन गरेको हो । बाणगंगाको चारनम्बर, पिपरा, बैरीया ओदारी क्षेत्रमा संचालित करिब ३० बढी पसलमा गरिएको नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्टाराईले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अधिकांश पसलले जनताको स्वास्थ्यमा असर गर्ने खालका खाद्यान्न राखेको पाइएको छ । अनुगमन गर्दै जादाँ फोहोर, बासी तथा सडेगलेका खानेकुरा फेला पारिएको हो ।

अधिकांश पसलहरु नगरमा दर्ता तथा नवीकरण नगरि संचालन भएका, फोहोर खानेकुरा राखिएका, मूल्य सुची टास नगरेका पसलहरुलाई एक हप्ता भित्र प्रक्रिया पुरा गरि संचालन नगरे नगरले कारबाही प्रक्रिया अगाडि बढाउने शिक्षा शाखा प्रमुख बाबुराम भट्टाराईले चेतावनी दिनुभएको छ । उहाँले आम नागरिको स्वास्थ्यसंग खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै स्वस्थ्यपूर्ण जीवन यापनका लागी स्वस्थ्य खाद्यान्नलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

अनुगमनमा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, बाणगंंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टाराई, राजश्व फाँट प्रमुख मदन घिमिरे, नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्त, विभिन्न शाखाका प्रमुख तथा पदाधिकारीसंगै पत्रकारको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार