गृहपृष्ठ Featured कपिलवस्तुका केही ठाउँमा भोलि दिनभर विद्युत अवरुद्ध हुने (सुचनासहित)

कपिलवस्तुका केही ठाउँमा भोलि दिनभर विद्युत अवरुद्ध हुने (सुचनासहित)

कपिलवस्तु : कपिलवस्तुका विभिन्न ठाउँमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । बुस कटिङ तथा जम्पर मर्मत सम्भाँर गर्नुपर्ने भएकाले भोलि (शनिबार) बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालय तौलिहवाले एक सुचनामार्फत जानकारी दिएको छ ।

भोलि चन्द्रौटा सवस्टेशनबाट सप्लाई भएको तौलिहवा वितरण केन्द्र अन्तरगत ३३ केभी लाइनमा बुस कटिङ तथा जम्पर मर्मत सम्भाँर गरिदै छ । जसकारण नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगतका तौलिहवा सव स्टेशन, जीतपुर सव स्टेशन, लवनी सव स्टेशन र घनचौरा सव स्टेशनबाट सप्लाई भएका सम्पूर्ण विद्युत लाईन अवरुद्ध हुने छन् ।

साथै निर्धारित समयभन्दा पहिला काम सम्पन्न भएमा सो समय अगाडीनै विद्युत सप्लाई हुने पनि जनाइएको छ ।

सम्बन्धित् समाचार