गृहपृष्ठ Featured शितगंगा नगरपालिकाद्धारा बजार अनुगमनलाई तीब्रता

शितगंगा नगरपालिकाद्धारा बजार अनुगमनलाई तीब्रता

शितगंगा : शितगंगा नगरपालिकाले विभिन्न स्थानहरुमा बजार अनुगमन गरेको छ । चाडपर्व लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको नगरपालिकाको अनुगमन समितिले वडा नम्बर १३ र १४ का पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा धेरै जसो पसलहरुले मुल्य सुचीनै नराखिकिएको , म्याद गुज्रेका सामान विक्रबितरण गर्ने गरेको , एकै पसलमा मदिरा ,किराना , होटल समेत स्ञचालन गरेको पाईएको छ । शितगंगा नगरपालिका १३ सिमलपानीमा गरिएको अनुगमनमा पसलहरु दर्ता नविकरण समेत नगरेको पाइएको छ ।

वडामा मात्र दर्ता गरेको तर नविकरण समेत नगरेका ब्यापारीहरुलाइ जरिवाना गरिएको र प्यानमा र वडामा नियमित नविकरण गर्ने निर्देशन गरिएको बजार अनुगमन समितिका प्रमुख नागेन्द्र नेपालले जानकारी दिनु भयो ।

चाडपर्वमा हुन सक्ने सम्भावीत ठगी र महंगाईलाई मध्यनजर गर्दै शितगंगा नगरपालिकाले तिज देखि नियमित बजार अनुगमनलाई कडाईका साथ अँगाडी बढाएको छ ।

अनुगमनको क्रममा सुजि, भुजा,चाउचाउ ,मिट मसाला, दालमोट घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । दर्ता बिना सञ्चालनमा आएका र नविकरण नगरेका पसलहरुलाई ३० दिन भित्र नियम पुरा गर्न निर्देशन समेत दिईएको उद्योग बाणिज्य संघका प्रतिनिधि उपाध्यक्ष अर्जुन बुढाले बताउनु भयो ।

बजार अनुगमन समितीका प्रमुख नागेन्द्र नेपाल , इप्रका ठाडामा प्रहरी नायव निरिक्षक सालिकराम खनाल , उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन बुढा, सञ्चारकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

सम्बन्धित् समाचार