गृहपृष्ठ Featured सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा शाही सर्वसम्मत चयन

सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा शाही सर्वसम्मत चयन

सागर वि.क.(वैखरी अनलाईन) : सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सूर्यकुमारी शाही सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न २५ औं बार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनमा शाही सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल, काषोध्यक्षमा शोभा आचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा ईन्दिरा भट्टाराई, गोविन्द खनाल, चेतना अधिकारी, रोमकान्त घिमिरे र चेतकला वि.क. रहनुभएको छ । यसै गरी लेखा समिति संयोजकमा हरी अधिकारी, बाबुराम रायमाझी, सिता पंगेनी, ईशा जि.सी. र प्रभात विक्रम क्षेत्री निर्वाचित भएका छन् ।

अध्यक्षमा चयन हुनुभएकी शाहीले वैखरी अनलाईनलाई संक्षिप्त प्रतिक्रिया दिदैं अब संस्थालाई थप उचाईमा पुर्याउन आफुले महत्वपूर्ण भमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष शाहीले संस्थाले सामाजिक क्षेत्रमा थप उत्साहका साथ काम गर्ने र लक्षित वर्गलाई समेट्दै रचनात्मक कार्य गर्ने दाबी गर्नुभएको छ ।

अधिवेशनमा संस्थाका सचिव रोमकान्त घिमिरेले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष हरिलाल शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसलाई सर्वसमतीबाट पारित गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठको प्रमुख आथित्यता, उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको छ ।

सम्बन्धित् समाचार