गृहपृष्ठ Featured प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारले कालोपट्टी बाँधेर विरोध गर्दै

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारले कालोपट्टी बाँधेर विरोध गर्दै

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध गर्दैछ। बारले आजबाट सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्न लागेको हो। बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेको छ।

‘मिति २०७८ कार्तिक १४र१५र१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११स:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने’ शुक्रवार बारले गरेको निर्णयमा उल्लेख छ।

बारको बैठकले तिहारअघिको चार दिने आन्दोलन घोषणा गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बारले जनाएको छ।

प्रधानन्यायाधीशविरुद्धको विरोधका कार्यक्रमबारे देशभर रहेका बारका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल गरी थप विरोधका कार्यक्रमसमेत गर्ने पौडेलले जनाए। प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम ल्याउने उनले बताए।

पछिल्लो समय विवादमा आएपछि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले विभिन्न कार्यक्रम गर्दै आएको छ।

सम्बन्धित् समाचार