गृहपृष्ठ Featured आर्सनलद्धारा लेस्टर पराजित

आर्सनलद्धारा लेस्टर पराजित

गोलरक्षक आरोन राम्सडेलको उच्चस्तरीय प्रदर्शनको मद्दतमा शनिबार आर्सनलले लेस्टरलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको छ । उच्च लयमा देखिएको आर्सनल यो जितपछि इंग्लिस प्रिमियर लिगमा चौथो स्थानको वेस्टह्यामसँग अंक बराबरी गरेको छ ।

ग्याब्रियल र इमिली स्मिथको गोल मद्दतमा पाहुना टोलीले पहिलो हाफमा सहज अग्रता बनाएको थियो । किङ पावर रंगशालामा आरोनको केही उच्चस्तरीय बचाउका कारण लेस्टर खेलमा फर्कन असफल रह्यो । मिकेल आर्टेटा निर्देशित टोली आर्सनलले सबै प्रतियोगितामा गरी आफ्नो अविजित यात्रा नवौं खेलसम्म पुर्‍याएको छ । समान १७ अंक भए पटि वेस्टह्यामसँग पछि परेको आर्सनल पाँचौं स्थानमा छ । ३ अंक पछि परेको लेस्टर दसौं स्थानमा छ ।

स्पेनिस प्रशिक्षकले आफ्नो गतिशील टोलीको प्रशंसा गरे । तर, राम्सडेलप्रति टिमको निर्भरता हेर्दा सुधार आवश्यक देखिएको उनको बुझाइ छ । बीटी स्पोटर््ससँग आर्टेटाले भने, ‘हामीलाई कठिन भएको थियो । तर दोस्रो हाफमा खेललाई निकै राम्रोसँग व्यवस्थापन गर्न खेलाडी सक्षम रहे । कुनै क्षण हामीले आफ्नो सन्तुलन बिगारिइसकेका थियौं । तर अन्तिम २० मिनेट हामीले उत्कृष्ट खेल्यौं । हामीले अझै केही गर्न सकेका छैनौं । केही खेल अझै जित्नु छ र टिममा पनि सुधार गर्नु छ ।’

ब्रेन्डन रोजर्सले पहिलो हाफमा आफ्नो टोलीको निष्क्रियता र रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए ।

सम्बन्धित् समाचार