गृहपृष्ठ Featured भारतको उत्तराखण्डमा गाडी दुर्घटना : १३ जनाको मृत्यु

भारतको उत्तराखण्डमा गाडी दुर्घटना : १३ जनाको मृत्यु

प्रकाशित मिति:

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार बिहान देहरादुनस्थित चकराता–त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ । बोलेरो गाडीमा १५ जना सवार थिए । जसमध्ये दुई जनाको उद्धार गरिएको छ ।

गम्भीर अवस्थामा रहेका उनीहरूको देहरादुन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी चकराताको बायला गाउँबाट विकास नगर जाँदै थियो। गाउँबाट हिँडेको केही समयमै गाडी अनियन्त्रित भई सडकबाट खसेको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिएका छन् । जिल्ला अधिकारी आर राजेश कुमारले गाडीमा ओभरलोड भएकाले आइतबारको दुर्घटना भएको बताए ।

सम्बन्धित् समाचार