कपिलवस्तु : कपिलवस्तुका शिवराज नगरपालिका वडा नं. ३ मा प्याड निर्माण र ढकिया निर्माण सम्बन्धी तालिम सुरु भएको छ । शिवराज नगरपालिका वडा न. ३ को सहयोगमा किर्डाक नेपालको समन्वयमा आशा सञ्जाल बलुहवा र लाली गुराँस स्वावलम्बन समुहको आयोजनामा आज आइतबार तालिम सुरु भएको हो । तालिमलाई सम्बोधन गदै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले अहिलेको अबस्थामा मानिस जमना अनुसार परिवर्तन हुनुपर्ने बताउनुभयो ।
उहाँले विभिन्न तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्दै दिगो रुपमा अगाडि बढाउनु पर्न बताउनु भयो । यस्तै शिवराज नगरपालिका वडा न.ं ३ का वडाअध्यक्ष टेकलाल सापकोटाले किर्डाक नेपालले बिभिन्न संवाद क्लव गठन गदै समाज परिवर्तन गर्ने खालका शिक्षा, सिपमुलक तालिम प्रदान गदै आएको बताउनुभयो । वडाध्यक्ष सापकोटाले गत वर्ष पनि तालिम संचालन भएको तर यसपटक अझ प्रभावकारी बनाउने उद्धेश्यले प्याड निर्माण गर्ने तालिम सन्चालन गरेको बताउनुभयो ।
गुणस्तरिय सामान निर्माण कसरी बनाउने भन्ने कुरामा ध्यान दिन किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले आग्रह गर्नुभएको छ ।