गृहपृष्ठ Featured सुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति:

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ। आइतबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

सम्बन्धित् समाचार