गृहपृष्ठ Featured कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ४५ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ४५ वर्षपछि पक्राउ

पोखरा : कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकिएपछि फरार रहेका स्याङ्जा चापाकोट–८ का ७३ वर्षीय गणेशबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ । सजाय तोकिएको ४५ वर्षपछि प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ ।

कुमाललाई शुक्रबार जिल्ला अदालतमा हाजिर गराई सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गणेश कुमालले आफूलाई गोरे कुमाल भनी नाम परिवर्तन गराई स्याङ्जाबाट नवलपरासी बसाइँसराइ गरी परिवारसहित लुकीछिपी बस्दै आएका थिए ।

दसैंमा घर चापाकोट फर्किएका कुमाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । २०३३ वैशाख २ मा चैते दसैंको पूर्णिमा मेला लागेको थियो । तत्कालीन रत्नपुर गाउँ पञ्चायत–८ हाल चापाकोट नगरपालिका–८ कालीगण्डकी नदी किनारस्थित खोरियाघाटमा मेला थियो ।

सम्बन्धित् समाचार