गृहपृष्ठ Featured प्रधानन्यायाधीशले तोके बन्दी प्रत्यक्षीकरणबारे ६ मुद्दाको पेसी

प्रधानन्यायाधीशले तोके बन्दी प्रत्यक्षीकरणबारे ६ मुद्दाको पेसी

प्रकाशित मिति:

सर्वोच्च अदालतमा सोमबारका लागि ६ इजलासमा ६ मात्र मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएका मुद्दामा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।

इजलास बहिष्कार गर्दै आएका प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरू आइतबारको छलफलपछि सोमबारबाट बन्दी प्रत्यक्षीकरणबारेका मुद्दा हेर्न सकारात्मक रहेको बताइएको छ।

जसकारण आजबाट बन्दी प्रत्यक्षीकरणबारेका मुद्दाको सुनुवाइ हुने सम्भावना देखिएको छ। प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकको छैनन्। आजका लागि १० मात्र न्यायाधीशका लागि इजलास तोकिएको छ।

सम्बन्धित् समाचार