गृहपृष्ठ Featured कपिलवस्तुमा देउसी–भैलो राति ८ बजेसम्म मात्र खेल्न पाईने

कपिलवस्तुमा देउसी–भैलो राति ८ बजेसम्म मात्र खेल्न पाईने

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम विहान ७ बजेदेखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणदर अपेक्षित रुपमा घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भन्दै स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न सकिने जनाएको हो ।

देउसी भैलो कार्यक्रम संचालन पूर्व नजिकको प्रहरी कार्यालयमा समन्वय गरी जिल्ला सुरक्षा समितिले बनाएको विविध शर्तसहितको फारम भरेर मात्र जिल्लामा देउसी भैली खेल्न पाइने प्रशासनले जनाएको छ ।

यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार