गृहपृष्ठ Featured कपिलवस्तुका कोहारलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ

कपिलवस्तुका कोहारलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ

कपिलवस्तु : कपिलवस्तुको महाराजगंज नगरपालिका–१० हरदौनाका रामसोहान कोहार चार्डपर्व आउनसाथ माटोको कला सृजनामै व्यस्त हुनुभएको छ । राम्रो भाँडाकुँडा बनाउने जन्नुभएका कोहार अहिले माटोको बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हे, गमला, हाँडी, गिलास र गाग्री बनाउन व्यस्त हुनुभएको हो । ३५ वर्षे उहाँ १५ वर्षको उमेरबाटै माटोकै भाडाकुँडा बनाउँदै आएका छन् ।

अरु बेला खासै बिक्री नभएपनि चार्डबाडले भ्याइनभ्याइ हुने उहाँको भनाई छ । तर आजभोलि खासै व्यापार नभएको उहाँको गुनासो भन्दै उहाँले दुखेसो पाख्नुभयो ।

उहाँले ४/५ वर्षअघिसम्म दसैं तिहारका बेला माटोका भाँडाकुँडा बेचेर नै ३५ देखि ४० हजार सम्म कमाउने गरेको सुनाउनुभयो । तर अहिले दुई÷तीन वर्ष मुस्किलले ८/१० हजारको पनि व्यापार नभएको उनले बताए ।

माटोका भाँडाको राम्रो व्यापार नहुँदा घर खर्च टार्न पनि गाह्रो हुन थालेको दुखेसो गर्नुभएको छ ।

सम्बन्धित् समाचार