काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स–साना बालबालिका पनि नेकपा एमालेको देश बनाउने अभियानबाट प्रभावित भएको दाबी गरेका छन् । चितवनको भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भर्खरै बुझ्नथालेका बालबालिका पनि एमालेबाट प्रभावित भएको बताएका हुन् । एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनेको प्रति लक्षित गर्दै उनले समाजवादको नारा एमालेले अघि सारेको नारा भएको दाबी गरे ।
ओलीले चुनावमा सत्ता गठबन्धनलाई एमालेले पछार्ने बताए । उनले अहिलेको सरकार फेर्ने बाटोमा एमाले नलागेको स्पष्ट पारे । भरतपुरमा एमालेमात्रै जित्ने उनको भनाइ छ ।
ओलीले अहिलेको सरकार जति धेरै चल्यो त्यति नै समस्या आउने टिप्पणी समेत गरे ।








