गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा तिहार लक्षित अनुगमन : पटका र म्याद नाघेका सामान बरामद

कपिलवस्तुको बुद्धभूमिमा तिहार लक्षित अनुगमन : पटका र म्याद नाघेका सामान बरामद

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ । पालिकाले आज (सोमवार) बाट बजार अनुगमन सुरु गरेको हो । पहिलो दिन ग्रामीण क्षेत्रमा बिक्री गर्न राखिएका म्याद गएका बस्तु र पटाका बरामद गरिएको छ । नगरपालिकाको वडा नं ७ मानपुर सेखुनियामा रहेको आर के इलेकट्रिकलबाट ठुलो सङ्ख्यामा पटका बरामद गरिएको हो ।

चाडपर्वमा नागरिकको स्वास्थ्य र सुरक्षाको लागि ग्रामीण भेगका पसलमा अनुगमन गरेको थियो । सोमबार पालिकाको वडा नं ६ र ७ को अनुगमन भएको नगरपालिका उद्योग वाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताए । अनुगमनका नियम विपरीत रहेका सामाग्री जफत गर्नुका साथै पसल सञ्चालकलाई सचेत समेत गराएका थिए । अनुगमन टोलीले पटका, खाद्य सामाग्री, श्रंगारका सामाग्री, सुर्ती तथा मदिरा जन्य पदार्थको अनुगमन गर्दै नियम विपरीत भएको जफत गरिएको थियो ।

सञ्चार कर्मी, प्रहरी, व्यवसायी तथा समाजसेवी सहितको टोलीले तिहार लक्षित गरी नेपाल भित्राइएको विस्फोटक पदार्थ ९पटाका० समेत बरामद गरिएको थियो । बरामद भएका सामाग्रीलाई खाल्टोमा पुरेर नष्ट गरिएको बताइएको छ ।

सम्बन्धित् समाचार