गृहपृष्ठ Featured सर्वोच्चका न्यायाधीशहरू छलफलमा

सर्वोच्चका न्यायाधीशहरू छलफलमा

प्रकाशित मिति:

सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज मंगलबार पनि छलफलमा जुटेका हुन्।

न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले हिजो साँझ प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेको थियो। सो भेटवार्तामा उठेका कुराहरूको विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ।

न्यायाधीशहरू छलफलमा जुटेकाले अहिलेसम्म सर्वोच्चमा इजलास बसेको छैन। जबराले आजका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकेका छन्।

सम्बन्धित् समाचार