दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२ घुस्राका २१ वर्षीय समिर चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गए राति गढवा गाउँपालिका–२ महादेवा पुलमा रा १ प ६३४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हु्ँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।