गृहपृष्ठ Featured रामचन्द्रको देउवालाई प्रश्न- महाधिवेशन गर्न नसक्नेले अरु निर्वाचन गराउँछ भन्ने के ग्यारेन्टी ?

रामचन्द्रको देउवालाई प्रश्न- महाधिवेशन गर्न नसक्नेले अरु निर्वाचन गराउँछ भन्ने के ग्यारेन्टी ?

हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउने कुरामा विश्वास गर्न नसकिने बताएका छन्।

नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले आन्तरिक महाधिवेशन र निर्वाचन गर्न नसक्ने कांग्रेसको वर्तमान नेतृत्वबाट संसदीय चुनाव हुने र त्यसमा प्रतिस्पर्धा गर्ने भनिनु अनौठो भएको बताएका हुन्।

उनले भने ‘महाधिवेशन भएको साढे पाँच वर्षसम्म पनि अधिवेशन गर्न नसक्ने नेतृत्वले प्रतिनिधिसभा सहितका अन्य निर्वाचनमा भाग लिने कुरा कसरी मिल्छरु आफ्नै चुनाव गराउन नसक्ने कांग्रेसले अरु चुनाव गर्छ भन्ने के ग्यारेन्टी ?’

पौडेलले कांग्रेसको केहि जिल्लामा अझै पनि क्रियाशिल सदस्यता विवाद रहेको र उक्त विवाद अझै टुंगोमा नपुर्‍याएकोमा पनि नेतृत्वप्रति असन्तोष व्यक्त गरे।

उनले अबको कांग्रेस महाधिवेशनबाट तानाशाह प्रवृत्ति फाल्नु पर्ने समेत बताए।

सम्बन्धित् समाचार