सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिका वडा नं.८ मा जारी तेस्रो वडा कपमा मधुवन ए ले विजय सुरुवात गरेको छ । आज मंगलबार भएको खेलमा धनेसपुरलाई हराउदै मधुवन ए ले विजय सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधुवनले निर्धारित १६ ओवरमा ६ विकेट गुमाएर १६५ को योगफल तयार गर्यो । जसमा मधुवनका नविन भण्डारीले सर्वाधिक ५३ रनको अर्धसतकिय पारि खेले ।
त्यस्तै हिम्मत न्यौपानेले ४९, कृष्ण अर्याल २२ रनको योगदान दिए । १६६ रनको लक्ष्य पछयाएको धनेसपुर १३ ओभर मै अल आलआउट भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका कृष्ण अर्याल म्यान अफ द म्याच घोषित भए । उनले ३ ओभर खर्चिएर ४ विकेट लिएका हुन् ।
यस्तै आयोजकका अनुसार भोलि विहान ९ बजे मधुवन ए र लौगाईबीच प्रतिस्पर्धा हुने छ । जसलाई निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।