गृहपृष्ठ Featured एक खेल अगावै पाकिस्तान टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा

एक खेल अगावै पाकिस्तान टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा

प्रकाशित मिति:

पाकिस्तान संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति आफ्नो चौँथो खेलमा नामिबियालाई ४५ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो।

अबुधाबी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले नामिबियालाई १९० रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो।

निमिबियाका लागि गेभिड विजेले ४३ तथा क्रेइग विलियम्सले ४० रन जोडे। त्यस्तै स्टेफन बार्डले २९ रन बनाए। पाकिस्तानका हसन अली र इमाद वासिमले १र१ विकेट लिए। यसैगरी हरिस रौफ र शहब खानको नाममा पनि १र१ विकेट रह्यो।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। उसका लागि मोहम्मद रिजवानले अविजित ७९ रन बनाए। कप्तान बाबर अजामले ७० रन बनाए। त्यस्तै मोहम्मद हफिजले ३२ रन जोडे।

नामिबियाका डेभिड विजे र जेन फ््रयाइलिंकले १/१ विकेट लिए।

सुपर १२ अन्तर्गत समूह–२ मा रहेको पाकिस्तान लगातार चौँथो जित निकाल्दै पहिलो स्थानमा छ। तीन खेल खेलेको अफगानिस्तान दुई खेलमा विजयी हुँदै दोस्रो, न्यूजिल्यान्ड तेस्रो र नामिबिया चौँथो स्थानमा छन्। त्यस्तै भारत पाँचौँ तथा स्कटल्यान्ड छैठौँ स्थानमा छन्।

उता समूह–१ बाट इङ्ल्यान्ड पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेको छ।

सम्बन्धित् समाचार