गृहपृष्ठ Featured धादिङमा मिनी ट्रक दुर्घटना : २ जनाको मृत्यु, सात घाइते

धादिङमा मिनी ट्रक दुर्घटना : २ जनाको मृत्यु, सात घाइते

प्रकाशित मिति:

काठमाडौं : धादिङको धुनिवेशीनगरपालिका–१ मा गएराति बेलुकी मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा काठमाडौंको स्वयम्भू स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको हो।

सम्बन्धित् समाचार