गृहपृष्ठ Featured नेपाली क्रिकेट टिम अभ्यासमा व्यस्त

नेपाली क्रिकेट टिम अभ्यासमा व्यस्त

प्रकाशित मिति:

काठमाडौं : १५ दिनयता नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरु कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा अभ्यासरत छन्। यूएईमा हुने महिला विश्वकप छनोटको तयारीमा रहेका खेलाडीहरु बन्द प्रशिक्षणमा जुटेका हुन्।

नेपाली टोलीले पछिल्लो समय दक्षिण एसियाली खेलकुदयता अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। यद्यपि यसबीचमा राष्ट्रिय प्रतियोगिताका रुपमा प्रधानमन्त्री कप र मेयर्स कप भने खेलेका छ्न्।

टोलीको प्रशिक्षण तिहारमा पनि जारी रहने नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले जानकारी दिए।

सम्बन्धित् समाचार