गृहपृष्ठ Featured नवलपरासीमा एक पुरुष घर नजिकै मृत अवस्थामा फेला

नवलपरासीमा एक पुरुष घर नजिकै मृत अवस्थामा फेला

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ मा एक पुरुष घर नजिकै मृत भेटिएका छन् । १५ दिन अघि देखि घर अगाडि पट्टी गोठमा बस्दै आएका ६० वर्षीय रामभवन धोवीको शव हिजो दिउँसो घर अगाडि फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।

मृत्युको कारण भने खुल्न बाँकि रहेको उनले बताए । शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याइएको छ ।

श्रीमतीसँगको विवाद पछि धोवी गोठमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार