गृहपृष्ठ Featured म उपसभापतिको उम्मेदवार हुँ- गच्छदार

म उपसभापतिको उम्मेदवार हुँ- गच्छदार

विराटनगर : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान अवस्थामा पार्टीको उपसभापति रहेकाले अगामी महाधिवेशनमा पनि उपसभापतिमा नै उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।

विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आफूले पार्टी एकीकरण गरेर उपसभापति बनेको हुँ, सबै सझा उम्मेदवारको रुपमा फेरि उपसभापति हुन्छु।’ उनले पार्टीमा अहिले गुट उपगुट बढिरहेकाले सबै गुटको चाहनामा नै उपसभापतिमा उम्मेदवारी दिने बताए । ‘म कांग्रेसलाई बलियो बनाउन आएको हुँ’, उनले भने, ‘सबै गुटले उपसभापति बनाएर कांग्रेसलाई बलियो बनाउन सहयोग गर्ने छ।’

पार्टीको विधान, नियमावली र निर्देशिकालाई पन्छाएर खासखास व्यक्तिको रुची र छनौटलाई अधार बनाएर स्थानीय तहमा नेतृत्व चयन गरेको प्रति असन्तुष्टि व्यक्त गरे।

सम्बन्धित् समाचार