सागर वि.क. (वैखरी अनलाईन) : मधुवन ‘ए’ बाणगंगा नगरपालिका वडा नं.८ मा जारी तेस्रो वडा कपको फाईनलमा प्रवेश गरेको छ । आज बुधवार भएको पहिलो खेलमा जित हात पारेको मधुवनले वाई समेत प्राप्त गरि फाईनलमा स्थान पक्का गरेको हो । आज भएको खेलमा १५५ रनको लक्ष्य पछाएको लौगाई १३ ओभरमा सिमित भयो ।
टस जितेर पहिले व्याटिङ गरेको मधुवनले निर्धारित १६ ओभरमा ५ विकेट गुमाउदै १५५ रनको योगफल तयार पारेको थियो । जसमा कृष्ण अर्यालले २६ बलमा ५३ रनको अर्धसतकिय पारि खेलेका उनी नै म्यान अफ द म्याच घोषित भएका छन् । मधुवनका क्षितिज भूसालले ४ ओभरमा ४ विकेट लिएका थिए ।
यस्तै आयोजकका अनुसार भोलि विहान ८ बजे पुलचोक त्रिलोकमार्ग र चप्परगाउँबीच सेमीफाईनल खेल हुने छ । जसको विजेताले मधुवनको ए को सामना गर्ने छ ।