काठमाडौँ : उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीच आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो ।
यस अवसरमा उर्जामन्त्री भुसालले उर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धित प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध उर्जालाई व्यवस्थित गर्न चाहेको बताइन् ।
उनले जलविद्युत् खपत गर्ने फ्रान्सका उद्योगहरूलाई नेपालमा स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै त्यसका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।